भेरीले मनायो १३१ औं वार्षिकोत्सव

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालले एक सय ३१ औं वार्षिकोत्सव मनाएको छ ।
वि.सं. १९४७ मा पृथ्वी वीर अस्पतालको नामबाट स्थापना भएको अस्पताल रत्नराज्य लक्ष्मी देवी प्रसूती गृह हुँदै भेरी अस्पतालमा रुपान्तरण भएको थियो ।
गौरवपूर्ण इतिहास बोकेको भेरी अस्पतालले पहिलो पटक जन्मोत्सव बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाको उपस्थितिमा भेरीले वार्षिकोत्सव मनाएको छ ।


अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्ने प्रदेश सांसद, जिल्ला नेता, नेपालगञ्जका मेयर, चिकित्सकहरुले भेरीलाई मेडिकल कलेजको रुपमा विकास गर्न आग्रह गरेका छन् । तत्कालिन संरचनामा मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर बनेको भेरीले वर्षमा एक लाखबढी विरामीको सेवा दिदै आएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालले गरेका सेवाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
वार्षिकोत्सवमा अवसरमा ‘अक्सिजन’नामक स्मारिका विमोचन गरिएको थियो भने २५ वर्षबढी सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा अवसरमा आयोजना गरिएका विभिन्न खेल गतिविधिका विजेतालाई पुरस्कृत गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !