दश जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा दश जना कोराना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ४७ जनाको परीक्षण गर्दा १० जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६६ जनाको जाँच गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा ४३ जनाको जाँच गर्दा एकजना र बागेश्वरी ल्याबमा ३८ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । कोरोना देखिएकोमध्ये बाँकेका ४ जना रहेका छन् ।
जिल्लामा ६० जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १३ जना सिकिस्त, २१ जना मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार पाँच जना डिस्चार्ज भएका छन् । यहाँका अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८४ प्रतिशत बेड खाली रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !