रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

 

नेपालगञ्ज – बाँके प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले नेपालगञ्जको बसपार्कस्थित राप्ती गेष्ट हाउसको १० नम्बर कोठाबाट रेडपाण्डाको छाला एक थान र चार वटा भालुको पित्त फेला पारेको जनाएको छ । दाङका भक्तबहादुर पुन, केशव पुन र रोविन बुढाको साथबाट रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको साथमा रहेको कालो झोलाभित्र रेडपाण्डाको छाला र भालुको पित्त फेला परेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्ति, रेडपाण्डाको छाला र भालुको पित्तलाई सार्वजनिक गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) मा यी बस्तुसहित पक्राउ परेका व्यक्तिलाई ५ देखि दश लाखसम्म जरिवाना र पाँचदेखि पन्ध्र वर्षसम्म सजाय हुने व्यवस्था रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !