युवा विद्यार्थीको प्रदर्शन

नेपालगञ्ज – नेकपा एमालेका युवा विद्यार्थीले शनिबार नेपालगञ्जमा सडक प्रदर्शन गरेका छन् ।
न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने भन्दै एमाले समर्थित युवा विद्यार्थीले नेपालगञ्जमा प्रदर्शन गरेका हुन् ।
पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट नारा जुलुशसहित थालिएको प्रदर्शन अदालत बाहिर पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई युवा संघका केन्द्रीय महासचिव रमेश आचार्यले सम्बोधन गर्दै स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने बताउनुभयो ।
संसद विघटनको फैसला आउने पूर्वसन्ध्यामा एमालेका युवा विद्यार्थीले स्वतन्त्र न्यायपालिकाको आवाज उठाउदै प्रदर्शन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !