एक सय ८४ मा ३५ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ३५ जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, कोहलपुर मेडिकल र बागेश्वरी ल्याबमा एक सय ८४ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ९६ जनाको परीक्षण गर्दा ३० जना, कोहलपुर मेडिकल कलेजमा ४७ जनाको परीक्षण गर्दा चार जना र बागेश्वरी ल्याबमा ४१ जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकोमध्ये ६ जना बाँके जिल्लाका रहेका छन् ।
जिल्लामा ६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका अस्पतालहरुमा १४ जना सिकिस्त, १२ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार आठ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, बिहीबार राती ११ बजे बर्दियाका २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
असार २४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका ३ सय ६७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !