किन पक्राउ परे तीन वैश्य ?

नेपालगञ्ज – त्रिभुवनचोकका तीन जना बैश्यलाई वडा प्रहरी कार्यालय, नेपालगञ्जले पक्राउ गरेको छ ।
त्रिभुवनचोकमा रहेको शिव मन्दिरको रेलिङ लगाउने क्रममा ८ नम्बर वडाका वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्यलाई हातपात गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ । अध्यक्ष गुप्ताले आफ्नो आँखा र टाउकोमा चोट लागेको बताउनु भएको छ ।
रेलिङको विषयमा विवादमा परेका गणेश बैश्य, रविशंकर बैश्य र राजु बैश्यलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई वडा कार्यालय, नेपालगञ्जमा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !