मनसुन सक्रिय, लुम्बिनीमा भारी वर्षाको संभावना
नेपालगञ्ज – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी गतिविधि सक्रिय भएको जनाएको छ ।
हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् ।
यो मौसमी प्रणालीका कारण मंगलबार दिउँसो र राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही क्षेत्रमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेष गरि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।