नेपालगञ्जमा अनुदानमा धानको बिउ

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नतजातको धानको बिउ वितरण शुरु गरेको छ ।
उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण कार्य शुरु गरेको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणाले १५.७५ मेट्रिक टन धानको बिउ वितरण गर्न लागिएको जानकारी दिनुभयो । ५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बिउ लिन किसानको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको बिउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका बिउ वितरण गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !