बाँकेमा बाहिरी जिल्लाका संक्रमितको मृत्यु बढ्दै

नेपालगञ्ज – बाँकेमा अन्यत्र जिल्लाका कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यहाँका दुई ठूला अस्पतालमा छिमेकी जिल्लाका संक्रमितको मृत्यु संख्या बढेको हो । पछिल्लो तेह्र घण्टामा बाँकेमा आठ जनाको मृत्यु हुँदा पाँच जना बाहिरी जिल्लाका रहेका छन् ।
बाहिरी जिल्लाबाट विरामीलाई गम्भीर अवस्थामा पुगेपछि ल्याउने भएकाले बचाउन गाह्रो भएको अस्पताल सम्बद्धहरु बताउँछन् । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा पछिल्लो दिनमा बर्दिया, दाङ, कैलाली जिल्लाका विरामीको मृत्यु भइरहेको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भेरीमा ल्याइएको थियो । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. २ का ५४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते कोहलपुर ल्याइएको थियो ।
कैलाली जोशीपुर गाउँपालिका वडा नं. १ का ५० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।बैशाख २४ गते पीसीआर गरिएका उनलाई २६ गते कोहलपुरमा भर्ना गरिएको थियो । बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । दाङ लमही नगरपालिका वडा नं. २ का ६८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।
कोहलपुर नगरपालिका वडा नं. १० का ४४ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. ६ का ५२ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ३ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते अस्पतालमा भर्ना भएका उनको २८ गते पीसीआर गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट दुई सय ७२ जना र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा २ सय २७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !