४ सय ९६ जना थपिए, २ सय ४४ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेको तीन वटा ल्याबमा थप दुई सय ८२ सहित बाँकेमा बिहीबार ४ सय ९६ जना संक्रमित थपिएका छन् ।
मेडिकल कलेज, कोहलपुरमा एक सय ५२ जनाको जाँच गर्दा एक सय २८ जना, बागेश्वरी ल्याबमा एक सय ८० जनाको जाँच गर्दा एक सय ५२ र जमुनाहा नाकामा ३४ जनाको जाँच गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । यसअघि आज नै भेरी अस्पतालले २ सय ८८ जनाको जाँच गर्दा २ सय १४ जना संक्रमित पुष्टि भएको विवरण सार्वजनिक गरिसकेको छ ।
४ सय ९६ जनामध्येमा ४ सय ३९ जना बाँकेका रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले दिएको जानकारी अनुसार, जिल्लामा तीन हजार तीन सय ६० जना संक्रमित पुगेको छ । भेरीमा ८८, मेडिकल कलेज कोहलपुरमा २९ र कोहलपुर नगरपालिका कोभिड अस्पतालमा ५ जनाको अवस्था गम्भीर रहेको छ । जिल्लामा ७ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, बिहीबार २ सय ४४ जना डिस्चार्ज भएका छन् । जिल्लामा एक सय ४४ पुरुष र सय जना महिला कोरोना जितेर घर गएका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !