रिपोर्ट नआउदै मृत्यु

नेपालगञ्ज – बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बैशाख १५ गते भेरीमा भर्ना भएका उनलाई आज दिउँसो १२ बजे कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनु अघि नै विहान ८ बजे उनको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १३ का ५० वर्षीय पुरुषको दिउँसो १.१० बजे कोहलपुरमा मृत्यु भएको छ ।
बैशाख १३ गते पीसीआर जाँच गरेका उनलाई १५ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १० जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !