अस्पताल पुग्नेबित्तिकै मृत्यु

नेपालगञ्ज – बाँकेको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकलमा थप एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा कैलाली टीकापुरका ५१ वर्षीया महिला र कोहलपुर मेडिकल कलेजमा नेपालगञ्जका ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कैलालीमै बैशाख १४ गते पीसीआर जाँच गरेका महिलालाई उपचारका लागि आज भेरीमा ल्याइएको थियो । अस्पताल पु¥याए लगत्तै उनको विहान १० बजे मृत्यु भयो ।
बैशाख १३ गते पीसीआर जाँच गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का ३३ वर्षीय पुरुषलाई १५ गते भर्ना गरिएको थियो । उनको आज विहान १०.३० बजे मृत्यु भएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुने एक सय ८ र बाहिरी जिल्लाका उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !