भेरीमा २ सय १४ जना संक्रमित थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा २ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।
अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
नयाँ संक्रमितमध्ये एक सय ९२ बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेका छन् । बाँकेमा थपिएका सबै नेपालगञ्ज उपमहानगरपालिकाका हुन् ।
जिल्लामा अरु तीन ठाउँमा कोरोना परीक्षण हुन्छ । नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भएपनि यी ठाउँबाट आजको विवरण सार्वजनिक भइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !