दश मिनेटको फरकमा दुईको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा विहान दुई जनाको मृत्यु भएको छ ।
अस्पतालमा कैलाली र बाँकेका एक÷एक जनाको दश मिनेटको फरकमा मृत्यु भएको हो । कैलाली लम्की चुहा नगरपालिका वडा नं. १ का ४३ वर्षीय पुरुषको आज विहान ७.५० बजे मृत्यु भएको छ । बैशाख १३ गते पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो ।
बाँके खजुरा गाउँपालिका वडा नं. २ का ६७ महिलाको विहान ८ बजे मृत्यु भएको छ । बैशाख १० गते पीसीआर गरेकी महिला १२ गते भर्ना भएकी थिइन् ।
योसहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय १० जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !