भेरीमा तीन जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले विहान सवा ७ बजे दिएको जानकारी अनुसार, बाँके, बर्दिया र कैलालीका एक÷एक जना विरामीको मृत्यु भएको छ ।
चैत्र २५ गते भेरीमा भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ का ४७ वर्षीया महिलाको बिहीबार ५.३० बजे मृत्यु भएको छ ।
कैलाली गोदावरीका ६२ वर्षीय पुरुषको राती ९.३० बजे मृत्यु भएको छ । बैशाख १३ गते भेरीमा भर्ना भएका उनलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ५७ वर्षीया महिलाको राती ३.३० बजे मृत्यु भएको छ । बैशाख १४ गते भर्ना भएका उनको त्यही दिन पीसीआर गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ११ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय १३ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !