भेरीमा थप दुई जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएका दुवै जना नेपालगञ्जका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ६० वर्षीया महिलाको बैशाख १४ गते बागेश्वरी ल्याबमा पीसीआर जाँच गरिएको थियो । १६ गते उनलाई भेरीमा भर्ना गरियो । आज विहान ६.३० बजे उनको मृत्यु भयो ।
भेरीमै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ४९ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ५ गते भेरीमा पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो । उनको आज १२.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १३ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !