बाँकेमा कोरोनाबाट सय जनाको मृत्यु

नेपालगञ्ज – मेडिकल कलेज, कोहलपुरमा बुधबार दिउँसो २ बजे एकजनाको मृत्युसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय पुगेको छ ।
गत वर्ष बैशाख १९ गते पहिलो व्यक्तिलाई कोरोना पुष्टि भएको बाँकेमा दोस्रो चरणसम्म आइपुग्दा जिल्लाका सय जनाले ज्यान गुमाएका हुन् ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आउदा मृत्यु हुनेको संख्या १ सय ८ पुगिसकेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बैजनाथ गाउँपालिका वडा नं. ६ का ५६ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि बैशाख १३ गते भर्ना भएका उनको मंगलबार पीसीआर गरिएको थियो । आज दिउँसो २ बजे उनको मृत्यु भयो ।


error: यो सुविधा उपलब्ध छैन !