अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ५० बेडको अक्सिजन सुविधासहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।
नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा उपमहानगरपालिकाले अक्सिजन सुविधासहितको आइसोलेसन केन्द्र तयार पारेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि नै कोभिडका विरामीको उपचार शुरु गरिने बताउनुभयो ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले जानकारी दिनुभयो ।


कार्यबाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा र डा. बद्री चापागाईले बुधबार आइसोलेसन केन्द्रको निरीक्षण गरेका छन् । भेरीका मेसु डा. थापाले आइसोलेसन केन्द्र सुविधा सम्पन्न रहेकाले सञ्चालन आउने बित्तिकै भेरी अस्पतालको चाप कम हुने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाइट हाउसमा समेत आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !