फेरि थपिए, ३ सय २० जना

नेपालगञ्ज – बाँकेमा थप ३ सय २० जना संक्रमित पुष्टि भएको छ । भेरी अस्पतालले आज नै २ सय ३३ जना संक्रमित थपिएको विवरण सार्वजनिक गरिसकेको छ । सबै गरेर बुधबार ५ सय ५३ जना थपिएका छन् ।
मेडिकल कलेज, कोहलपुरमा २ सय ६८ जनाको परीक्षण गर्दा २ सय ६ जनामा कोरोना पुष्टि भएको छ । बागेश्वरी ल्याबमा एक सय ३१ जनाको जाँच गर्दा एक सय ८ र जमुनाहा नाकामा भारतबाट आएका ६६ जनाको जाँच गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा दिनभरीमा दुई जना संक्रमितको मृत्यु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !