रिपोर्ट आउनु अघि नै मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जनाको मृत्यु भएको छ ।
जिल्लामा आज विहान ६ बजेदेखि अपरान्ह चार बजेसम्ममा चार जनाको मृत्यु भइसकेको छ ।
भेरीमा खजुरा गाउँपालिका वडा नं. २ का ४८ वर्षीय महिलाको रिपोर्ट आउनु अघि नै मृत्यु भएको छ ।
बैशाख १३ गते भेरीमा भर्ना भएकी महिलाको आज चार बजे कोरोना पुष्टि भएको थियो । उनको दिउँसो १२.२० बजे नै मृत्यु भएको हो ।
भेरीमा बैजनाथ गाउँपालिका वडा नं. १ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ११ गते पीसीआर गरेका उनी १२ गते भेरीमा भर्ना भएका थिए । उनको आज २.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ जना पुगेको छ ।