६ सय ३९ जना संक्रमित थपिए
नेपालगञ्ज – बाँकेमा ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, मेडिकल कलेज, बागेश्वरी ल्याब र नाकामा गरिएको जाँचमा ६ सय ३९ जना संक्रमित थपिएका हुन् । भेरीले आज विवरण सार्वजनिक गरेको हो भने अरु ल्यावको हिजो रातीको रिपोर्ट हुन् ।
भेरी अस्पतालमा ४ सय ७६ जनाको पीसीआर जाँच गरिएकोमा ३ सय ८३ जनालाई कोरोना पुष्टि भएको छ । जुन जम्मा परीक्षणको ८०.५ प्रतिशत हुन आउँछ ।
३ सय ८३ मध्येमा २ सय ९९ जना बाँकेका रहेका छन् । त्यसमा पनि नेपालगञ्ज उपमहानगरपालिकाका २ सय ३६, कोहलपुर नगरपालिकाका २५ जना रहेका छन् । बर्दियाको बारबर्दियाका २१ जना छन् । पोजिटिभ देखिएकोमा २० देखि ४० वर्ष उमेरका धेरै छन् । २० वर्ष भन्दा कम उमेरका ५२ जना रहेको अस्पतालले जनाएको छ । भेरीमा अहिले एक सय ९८ जनाको उपचार भइरहेको छ ।
मेडिकल कलेज, कोहलपुरमा एक सय ८८ जनाको जाँच गर्दा एक सय ४५ जना, बागेश्वरी ल्याबमा एक सय ६९ जनाको जाँच्दा एक सय ९ जना र जमुनाकामा १६ जनाको जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।
यसैबीच, मेडिकल कलेज, नेपालगञ्जमा थप एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ निवासी ७२ वर्षीया महिलाको आज ११.२५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।