तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँकेको नेपालगञ्ज र कोहलपुर तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।
बैशाख १२ गते मेडिकल कलेजमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का २६ वर्षीय पुरुषलाई १३ गते कोरोना पुष्टि भएको थियो । उनको १३ गते राती ८.३० बजे मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १ का ६० वर्षीया महिलाको राती २.४० बजे मृत्यु भएको छ । बैशाख १० गते मेडिकल कलेजमा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ ।
मेडिकल कलेजमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ७४ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १२ गते पीसीआर जाँच गरिएको महिलालाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो । उनको आज विहान ६.२० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ६ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !