दिनभरीमा चार जनाको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा गरी दिनभरीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बाँके र एकजना बर्दियाका रहेका छन् ।
कोहलपुरमा ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।
बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. ५ की महिलाको सोमबार विहान ७ बजे मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५५ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १२ गते भर्ना भएकी महिलाको सोमबार अपरान्ह ५ बजे मृत्यु भएको हो ।
खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीया पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बैशाख ४ गते मेडिकल कलेजमा भर्ना गरेकोमा १२ गते आफन्तीले घरतर्फ लगेका थिए । उनको चार बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा ८९ जनाको मृत्यु भएको छ ।
भेरीमा बर्दियाका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिरहेका उनलाई भेरीमा ल्याइएको थियो । मेडिकल कलेजमा १२ गतेदेखि थिए । भेरीमा १३ गते १२ बजे पु¥याइएको थियो । अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भयो । बाँकेमा बाहिरी जिल्लाका एक सय ५ जनाको मृत्यु भएको छ ।