आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्नुभयो ।
स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएपछि विपद व्यवस्थापनका थप सहयोग पुग्ने नगर प्रमुख डा. राणाले बताउनुभयो । केन्द्र सञ्चालनका लागि जिआईजेडले आवश्यक सामग्री सहयोग गरेको छ । उपप्रमुख मगरले नेपालगञ्ज उपमहानगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन भएपनि विभिन्नखालका विपदसँग जुध्न सहयोग मिल्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतलाई लक्षित गरी अभिमुखिकरण गरिएको छ ।
जिआईजेडका प्राविधिक सल्लाहकार यादव ओझा र कन्सलटेन्ट भुपमणी दाहालले जिल्लास्तरमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रलाई स्थानीय तहको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रले सहयोग पु¥याउने बताउनुभयो । देशकै सीमित स्थानीय तहमा मात्रै स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएको भन्दै उहाँले नेपालगञ्जपछि आसपासका अन्य स्थानीय तहले पनि केन्द्र सञ्चालन गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !