पहिलो दिन नेपालगञ्जमा तीन हजार नौ सयले औषधी खाए

नेपालगञ्ज – नेपालगञ्जमा पहिलो दिन तीन हजार नौ सय ६६ जनाले हात्तीपाइले रोगविरुद्धको औषधी खाएका छन् ।
अभियानको हरेक पटक जिल्लामा सबैभन्दा कम औषधी खाने रेकर्ड बनाएको नेपालगञ्जमा यसपाली त्यसलाई बढाउन भरमग्दुर प्रयास गरिएको छ । नेपालगञ्जका २३ वटा वडामा रहेका शहरी स्वास्थ्य केन्द्रहरुमा पहिलो दिन औषधी खुवाइएको थियो । पहिलो दिनको लक्षण भने खासै राम्रो देखिएको छैन । २३ मध्येमा ११ वटा शहरी स्वास्थ्य केन्द्रमा एकजनाले पनि औषधी खाएका छैनन् । शहरी स्वास्थ्य केन्द्र १, शहरी स्वास्थ्य केन्द्र २, आधारभूत स्वास्थ्य केन्द्र ३, नेपालगञ्ज स्वास्थ्य चौकी, उदयपुर स्वास्थ्य चौकी, भवानीयापुर स्वास्थ्य चौकी, जयसपुर स्वास्थ्य चौकी, बसुदेवपुर स्वास्थ्य चौकी, मनिकापुरमा स्वास्थ्य चौकी, पुरैना स्वास्थ्य चौकी र पुरैनी स्वास्थ्य चौकीमा पहिलो दिन एकजनाले पनि औषधी नखाएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
पहिलो दिन पिप्रहवा स्वास्थ्य चौकीमा सबैभन्दा धेरै ८ सय ५३ जनाले औषधी खाएका छन् । खासकारकादो स्वास्थ्य चौकीमा ६ सय ९० जना, शहरी स्वास्थ्य केन्द्र १० मा ६ सय २९ जना, आधार स्वास्थ्य केन्द्र ९ मा ४ सय ३९ जना, परसपुर स्वास्थ्य चौकीमा ४ सय १७ जनाले औषधी खाएका छन् । शहरी स्वास्थ्य केन्द्र ४ मा १ सय ३५ जना, आधारभूत स्वास्थ्य केन्द्र ५ मा एक सय ५० जना, शहरी स्वास्थ्य केन्द्र ६ मा एक सय ५० जना, आधारभूत स्वास्थ्य क्न्द्र ८ मा एक सय १५ जना, आधारभूत स्वास्थ्य केन्द्र ११ मा एक सय १८ जना र शहरी स्वास्थ्य केन्द्र २३ मा ३७ जनाले औषधी खाएका छन् ।
बाँकेमा २०६७ सालदेखि औषधी खुवाउन शुरु गरिएको हो । जिल्लामा गतवर्ष ७४ प्रतिशतले औषधी खादा नेपालगञ्ज उपमहानगरपालिकाको ५३ प्रतिशत कभरेज थियो ।


error: यो सुविधा उपलब्ध छैन !