भारतबाट पेय पदार्थ ल्याउन रोक

नेपालगञ्ज – भारतबाट पेय पदार्थ ल्याउन रोक लगाइएको छ ।
सीमावर्ती भारतीय बजारमा किनमेल गर्न गएका नेपालीले फर्किदा पेय पदार्थ बोकेर आउने गर्दथे । भन्सार कार्यालयले पेय पदार्थ ल्याउन रोक लगाएको हो ।
गर्मी बढेसँगै पेय पदार्थको बिक्री बढेको छ । भारतीय बजार रुपैडिहामा विभिन्न बहानामा पुगेका नेपालीले फर्किदा एक÷दुई वटा जम्बो बोकेर आउने गर्दछन् । सबैजसोले एक÷दुई वटा जम्बो बोकेर आउदा यो नाकाबाट दैनिक ठूलो मात्रामा पेय पदार्थ भित्रिने गर्दथ्यो । पेय पदार्थमा कोक, डिउ, स्प्राइट, फ्रुटी, फेन्टालगायत पर्दछन् ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले बिहीबारदेखि पेय पदार्थ बोकेर आउनेलाई फिर्ता गर्न लगाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !