तलाउको संरक्षण गर्न माग

नेपालगञ्ज – फूल्टेक्रावासीले तलाउको संरक्षण गर्न माग गरेका छन् ।
फूल्टेक्रास्थित तलाउ रहेको ठाउँमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी भइरहदा स्थानीयवासीले त्यसको विरोध गरेका छन् ।
दश विगाह बढी रहेको विवादित जग्गालाई हिन्दु र मुस्लिम धर्मावलम्बीहरुले केही दिएर बीचमा क्रिकेट मैदान बनाउने तयारी भएको हो । स्थानीयवासी त्यसको विरोधमा लागेका छन् । यो विषयमा अदालतमा मुद्दासमेत परेको छ ।
बुधबार अदालतबाट न्यायाधीशसहितको टोली जग्गा हेर्न पुग्दा स्थानीयले विरोध जनाउदै तलाउको संरक्षण गर्नु पर्ने बताए । नेपालगञ्ज उपमहानगरपालिकाले तीन विगाह मुस्लिम समुदाय, दुई विगाहबढी हिन्दु समुदाय र बाँकी रहेको ठाउँमा क्रिकेट मैदान बनाउने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !