१८ जनालाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा १८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा १३ जना बाँकेका रहेका छन् ।
कोरोना देखिनेमा २ बर्षका बालकसहित बाँकेका १३ जना छन् । यस्तै बर्दिया, जाजरकोट, ललितपुर, जाजरकोट र कैलालीका एक/एक जना रहेको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, पछिल्लो २४ घण्टामा गरिएको ४५ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा हालसम्म ४५ हजार ६ सय ४५ नमुना परीक्षण भएका छन् । तीमध्ये ५ हजार ५ सय १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !