सेना दिवसमा तीन जना सम्मानित

नेपालगञ्ज – सेना दिवसमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, पत्रकार कृष्ण अधिकारी र जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सम्मानित हुनु भएको छ ।
कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै सेना दिवसको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले तिनै जनालाई सम्मान गर्नु भएको हो । तिनै जनालाई प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित गरिएको छ ।
कोरोना कहर बढेपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । बाँकेमा बैशाख १९ गते पहिलो संक्रमित देखिएको थियो । त्यसपछि जिल्लामा कोरोनाको त्रास बढ्यो । कोरोना नियन्त्रण गर्नमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र कोरोना फोकलपर्सन श्रेष्ठले उल्लेख्य भूमिका निर्वाह गर्नु भएको थियो । पत्रकार अधिकारीले समाचारको माध्यमबाट कोरोना त्रास नियन्त्रण गर्न भूमिका खेल्नु भएको थियो । तिनै जनालाई काठमाडौंमा सम्मान गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !