जुमा कप : खुद्रा व्यवसायी, टेलिकम र बजार प्रतिनिधि विजयी

नेपालगञ्ज – धारा दोस्रो जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिता भएको छ ।
चैत्र २ गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टीमले भाग लिएका छन् । जुमा स्पोर्टस क्लवका अध्यक्ष भीम रानाभाटका अनुसार, खुद्रा व्यवसायी संघ, इन्टरनेट प्रदायक, जिल्ला सहकारी संघ, नेपाल टेलिकम, नेपाल बार एशोसियसन, बैकर्स संघ, बजार प्रतिनिधि, अटोमोबाइल्स, नेपाल स्वास्थ्य संघ, प्याब्सन बाँके, किराना व्यवसायी संघ र रेडिमेट व्यापार संघले भाग लिएका छन् ।
पहिलो दिन चार वटा खेल भएका छन् । खुद्रा व्यवसायी संघ, नेपाल टेलिकम र बजार प्रतिनिधि संघ विजयी भएका छन् । प्याब्सन र किराना व्यवसायी संघको खेल अन्तिम १५ मिनेट स्थगित भएको छ ।
पहिलो खेलमा खुद्रा व्यवसायी संघले इन्टरनेट प्रदायकलाई ४–२ गोलले पराजित गरेको छ । खुद्रा व्यवसायीका तर्फबाट किशोर परियारले ह्याट्रिक गरेका थिए भने एक गोल प्रेम चौधरीले गरे । इन्टरनेट प्रदायकबाट सुदीप सलामीले एक गोल गरे भने खगेन्द्र थापाबाट आत्मघाती गोल भयो ।
दोस्रो खेलमा नेपाल टेलिकमले बारलाई १२ गोल हान्यो । टेलिकमका तर्फबाट केशव विसीले दोहोरो ह्याट्रिक गरे । दिप महतरा, धर्मराज पाण्डे र प्रकाश श्रेष्ठले दुई÷दुई गोल गरे ।
तेस्रो खेलमा बजार प्रतिनिधि संघले अटोमोबाइल्सलाई ३–२ गोलले पराजित ग¥यो । बजार प्रतिनिधि संघका तर्फबाट विभुषण केसीले दुई र रविन तिवारीले एक गोल गरे । अटोमोबाइल्सको तर्फबाट मनिष थापा र आयुस गुप्ताले एक÷एक गोल गरे ।
चौथो खेलको अन्तिम १५ मिनेट स्थगित भएको छ । प्याब्सन बाँके र किराना व्यवसायी संघको बीचमा भएको खेलमा अध्यारो भएकाले अन्तिम १५ मिनेट खेल रोकिएको हो । रोकिएको खेल पछि खेलिने छ । पहिलो हाफ र दोस्रो हाफको १५ मिनेट भएको खेलमा प्याब्सनले दुई गोल गरेको छ । प्याब्सनका शंकर बुढा र नवकिरण शाहले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव रमेश सिलवालले गर्नु भएको थियो । प्रतियोगिताका विजेतालाई एक लाख दश हजार पाँच सय रुपैया पुरस्कार राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !