हिमाल र बाघ अवलोकनका लागि टुरिष्ट प्याकेज

नेपालगञ्ज – कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि पर्यटकीय गतिविधिहरु बढ्न थालेका छन् । पर्यटन ब्यबसायीहरुले नयाँ संभावनाहरुको खोजी गर्दै सेवा र सुविधाहरुलाई बिस्तार गर्न सुरु गरेका छन् ।
यसैक्रममा पर्यटन ब्यबसायीहरुले नेपालको प्रमुख पर्यटकीय गन्तब्य पोखरा र बर्दिया राष्ट्रिय निकुन्ज भ्रमणका प्याकेजसहित हवाई सेवा र पर्यटकीय बसहरुको ब्यबस्था मिलाएका छन् । सीता एयरले हप्तामा दुई दिन नेपालगञ्ज पोखरा, पोखरा–नेपालगञ्ज चार्टर प्लाइट सुरु गरेको छ ।
पोखरा हिमाल र ताल अबलोकनका लागि नेपाल कै उत्कृष्ट पर्यटकीय क्षेत्र हो भने बर्दिया राष्ट्रिय निकुन्ज जैबिक बिबिधता र दुर्लभ पाटे बाघ अबलोकनका लागि चर्चित गन्तब्य ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पश्चिम क्षेत्रका पर्यटकका लागि नेपालगञ्जबाट हवाई उडान सहित पोखरा भ्रमण र पोखरा क्षेत्रका पर्यटकका लागि पोखरा देखि नेपालगञ्जको हवाई उडान सहित बर्दिया निकुन्जमा जंगल सफारीसहित प्याकेज सुरु गरेका छन् । आन्तरिक पर्यटकहरुले १५ हजारको प्याकेजमा अब नेपालगञ्जबाट पोखराको दुई तर्फी हवाई उडान सहितको ३ दिन भ्रमण गर्न सक्ने छन् । त्यसैगरी पोखराबाट नेपालगञ्जसम्मको दुई तर्फी हवाई उडानसहित बर्दिया निकुन्ज क्षेत्रमा जंगल सफारी सहित दुलर्भ पाटे बाघ हेर्न पाउने छन् ।
पोखरा र बर्दिया निकुन्जलाई जोडेर टुरिष्ट प्याकेज घोषणा गरेका ब्यबसायीहरुले पर्यटकहरुलाई स्तरिय सुवा र सुबिधाहरु पु¥याउने उद्देश्यले नेपालगञ्जदेखि बर्दिया राष्ट्रिय निकुन्ज सम्म पर्यटक बस सञ्चालन गर्न सुरु गरेका छन् ।
कोरोना संक्रमणका कारण थला परेको पर्यटन ब्यबसायलाई पुन पुरानै लयमा फर्काउनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पर्यटन ब्यबसायीहरुसंग सहकार्य गरेर नेपालगन्ज — पोखराका चाटर फ्लाइट र नेपालगन्ज देखि बर्दिया निकुन्जको ठाकुरद्धारा सम्मको पर्यटकीय बस सञ्चालनमा सहयोग गर्दै आएको छ ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले कोरोनापछि थला परेको पर्यटन व्यवसायलाई पोखरा नेपालगञ्ज उडान र बर्दियासम्मको घुमाईले धेरै राहत पु¥याएको बताउनुभयो ।
नेपालका दुई चर्चित पर्यटकीय गन्तब्य बिचको हवाई उडान र पर्यटकीय बस संचालनले पर्यटन ब्यबसायीहरु उत्साहित भएका छन् ।
दुर्लभ पाटे बाघको अबलोकनका लागि आकर्षक गन्तब्य बन्दै गएको बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने ठाकुरद्धारामा नयाँ र सुबिधा सम्पन्न होटेल रिसोटहरु पनि खुल्न थालेका छन् ।
तीन दिनदेखि एक हप्तासम्मको प्याकेजमा बर्दिया निकुन्ज घुम्न आउने पर्यटकहरुले पाटेबाघ अबलोकन गर्न सक्ने नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
कर्णाली र बबई नदीको किनार र वरपरको ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । बर्दिया प्रसिद्ध हलिवुड अभिनेता लिओनार्दो दि काप्रियोको एक प्रिय गन्तव्य पनि हो । पछिल्लो बाघ गणना अनुसार बर्दिया निकुन्जमा ८७ वटा वयस्क बाघ छन् ।


error: यो सुविधा उपलब्ध छैन !