ब्राउनसुगरसहित महिला पक्राउ

नेपालगञ्ज – अढाई ग्राम लागु औषधी ब्राउनसुगरसहित महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय, जमुनाहाले सुर्खेतकी सिर्जना थापालाई दुई ग्राम ५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । भारतबाट आएकी थापालाई प्रहरीले जाँच गर्दा ब्राउनसुगर फेला परेको छ । थापाले बोकेको ब्यागमा ब्राउनसुगर फेला परेको थियो ।
भारतबाट नेपालगञ्ज हुँदै आसपासका विभिन्न जिल्लामा पु¥याइने लागु औषधी ब्राउनसुगर कारोबारमा महिला पनि संलग्न हुँदै आएको घटनाहरुले देखाइरहेका छन् ।
यसैबीच, प्रहरीले खजुराको वडा नं. ५ स्थित धानको भुसमा १० केजी चरेश बरामद गरेको छ । चरेश कसको हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !