‘बैशाखपछि ओली ठेगान लाग्छन्’

नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले बैशाख २७ मा चुनाव भएन भने केपी ओलीलाई ठेगान लगाउन नेपाली कांग्रेस अघि सर्ने बताउनु भएको छ ।
कांग्रेस जिल्ला कार्य समिति, बाँकेको विरोध सभालाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै थानीले नेकपा नेतृत्वको सरकारले दुई तिहाईको दम्भमा गरेको भ्रष्टाचारका विषयमा पनि कांग्रेस चुप लागेर नबस्ने बताउनुभयो ।
कांग्रेस केन्द्रिय समितिले ७७ जिल्लामा तय गरेको विरोध कार्यक्रम अन्तर्गत बाँकेको सभालाई सम्बोधन गर्न नेपालगञ्ज पुगेका नेता थानीले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनको विषयमा अदालतबाट स्वतन्त्र रुपमा ब्याख्या भई निर्णय हुने कुरामा कांग्रेस विश्वस्थ रहेको समेत बताउनुभयो ।
संविधानमा नभएको अधिकार प्रयोग गरेका प्रधानमन्त्री ओलीको भनाईमा तालमेल नमिलेको भन्दै प्रधानमन्त्रीले जनतालाई ढाँटेको आरोप बताउनुभयो । थानीले भन्नुभयो, ‘प्रधानमन्त्रीले मेरो पार्टीले काम गर्न नदिएको पनि भन्छन् अनि सरकारले थुप्रै राम्रा काम गरेको समेत भन्छन् ।’
कांग्रेसका जिल्ला सभापति किरण कोइराला, पूर्व सभापति युवराज शर्मा, क्षेत्रीय सभापति नक्खी खाँले संविधान सभा विघटनको चर्को विरोध गर्नुभयो । नेपाली काँग्रेसले सोमबार देश भरी नै विरोध सभा आयोजना गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !