मेयर राणाको उद्घोष, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना नहुँदासम्म चैनको निन्द्रा सुत्दैनौ’

नेपालगञ्ज – हिन्दुवादीहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
‘धर्म साझा, देश राझा, राजा साझा’ भन्ने मूल नाराका साथ नेपालगञ्जमा मोटरसाइकल र कार ¥याली निकालिएको हो ।
राजसंस्था र हिन्दु राज्यको पक्षमा नारा लगाउदै बागेश्वरी मन्दिरबाट शुरु भएको ¥याली बजार परिक्रमा पछि त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको पुनस्र्थापना नहुँदासम्म चैनको निन्द्रा नसुत्ने उद्घोष गर्नुभयो । उहाँले यो भन्दा कडा आन्दोलनका लागि तयारी रहन हिन्दुवादीहरुलाई आग्रह गर्नुभयो ।
शिव सेना नेपालका अनिल बस्नेत र राजकुमार रौनियारले संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनस्र्थापनाका लागि राष्ट्रवादीहरु जागिसकेको बताउनुभयो ।
पश्चिमाञ्चलको पोखराबाट शुरु भएको यसप्रकारको ¥याली पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलमा सम्पन्न भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !