राजसंस्था र हिन्दु राष्ट्रका लागि मंगलबार प्रदर्शन

नेपालगञ्ज – राजसंस्थासहितको हिन्दु राज्य स्थापना र संघीयता खारेजीको माग राख्दै नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ ।
मध्यपश्चिमाञ्चलवासीको नाममा राजसंस्था र हिन्दु राज्यको वकालत गर्ने पार्टी, संघ संस्थाको संयुक्त आयोजनामा नेपालगञ्जमा मंगलबार मोटरसाइकल र कार ¥याली आयोजना गर्न थालिएको हो । ‘धर्म साझा, देश राझा, राजा साझा’ भन्ने मूल नाराका साथ दबाबमूलक जनजागरण सिर्जना गर्न ¥याली आयोजना गर्न थालिएको आयोजकले बताएका छन् ।
राप्रपा, शिव सेना, विद्वत परिषद्का प्रतिनिधिको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी दिइएको छ ।
नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु हुने ¥याली बजार परिक्रमा गरी त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत हुनेछ ।
राप्रपाका नेताहरु नरेन्द्र पौडेल, ऋषिराज देवकोटा, शिव सेनाका राजकुमार रौनियार, विद्वत परिषद्का दीपकबहादुर सिंह, अभियान्ता अनिल बस्नेतलगायतले राजसंस्था र हिन्दु राष्ट्रका लागि राष्ट्रवादीहरु एक हुन जरुरी रहेको बताउनुभयो ।
नेपालगञ्जमा हुन थालेको मध्यपश्चिमाञ्चल स्तरीय प्रदर्शन हो । पश्चिमाञ्चलबाट शुरु भएको यो अभियान पूर्वाञ्चल र सुदूरपश्चिममा सम्पन्न भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !