वहुविवाहका अभियुक्त पक्राउ

नेपालगञ्ज – वहुविवाहका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको विशेष टोलीले कोहलपुर नगरपालिका वडा नं. ४, निबुवा बस्ने ३४ वर्षका जयबहादुर गिरी र ३३ वर्षकी छाया गिरीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतले २०६८ कात्तिक ३० गते दुर्य जनालाई दुई वर्ष कैद सजाय तोकेको थियो । उनीहरु फरार थिए । बाँके प्रहरीले हालसम्म ५ सय २९ जना फरार अभियुक्तलाई पक्राउ गरेर अदालतलाई बुझाइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !