राष्ट्रिय निर्देशक र किशोरीको अन्तरक्रिया

बर्दिया – प्लान ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजाबेथ सातोले बर्दियाको मधुवन नगरपालिका बंगालीपुर सिओसी केन्द्रका किशोरीसँग अन्तरक्रिया गर्नु भएको छ ।
प्लान र भेरी वातावरणिय विशिष्टता समूह (बीग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तीकरण (नेतृत्व र निर्णय) कार्यक्रम अन्तर्गत परिवर्तनका संवाहक समूहका किशोरीसँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा सिओसी केन्द्रका सहभागीहरुले आफुहरुमा आएको परिवर्तन र परिवार र समुदायमा आफुले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए । सिओसी केन्द्रकी किशोरी रुवी थारुले किशोरी कक्षामा व्यक्तिगत जीवन परिवर्तनका लागी धेरै कुरा सिकेको र आफुले सिकेका कुरालाई आफ्नो घर परिवार र समुदायमा बताउने गरेको बताउनुभयो । अञ्जली चौधरीले बालविवाह जस्तो सामाजिक अपराध गर्न नहुने र बालविवाह रोकथामका लागी आफुले समुदाय र साथीहरुलाई जनचेतना फैलाइरहेको बताउनुभयो
राष्ट्रिय निर्देशक एलिजाबेथ सातोले महिलाहरुले धेरै संघर्ष गर्नुपर्ने र आफुले संघर्ष गरेरै यो ठाउँमा पुगेको बताउनुभयो । पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको र यसका लागी महिलाहरु स्वयं अगाडी आउनुपर्ने र महिलाहरुले आफ्नो अधिकार स्थापनाका लागी थप सशक्त हुनुपर्ने बताउनुभयो ।
सिओसी केन्द्रका किशोरीहरुले राष्ट्रिय निर्देशक एलिजाबेथ सातो र प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले सिओसी केन्द्रका किशोरीहरुसँगै ‘यो नेपाली शि उचाली र बाल विवाह नगरौ’ बोल रहेको छुटियामा लेहनु भतार गीतमा नृत्य गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !