दाङका संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा उपचार गर्न आएका दाङका ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, शान्तिनगर–६, दाङका ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।
माघ २ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका पुरुषलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा शनिबार राती ११.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्य ८६ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !