मोबाइल रिपेरिङ पसलबाटै नक्कली लाइसेन्स !

 

नेपालगञ्ज – नेपालगञ्जमा शुक्रबार भएको ‘स्लो बाइक प्रतियोगिता’मा सहभागी हुन आएका एकजना व्यक्तिको लाइसेन्समाथि प्रहरीले आशंका ग¥यो ।
वडा प्रहरी कार्यालयको टोलीलाई उसलाई नियन्त्रणमा लियो । र, अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइदियो । अनुसन्धान गर्दै जादा ती व्यक्तिको औला टाँगा स्टेशन नजिकको एउटा मोबाइल रिपेरिङ पसलतिर सोझियो । वडा प्रहरीको टोलीले शनिबार मोबाइल रिपेरिङ पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर जिल्ला पठाइदिएको छ ।
वडा प्रहरीका प्रमुख डिल्ली खड्काले नक्कली लाइसेन्सको शंका लागेकाले केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउनुभयो । ‘केही त्यस्तै–त्यस्तै कागज फेला परेका छन्, थप अनुसन्धानका लागि जिल्ला पठाइदिएका छौं, प्रहरी निरीक्षक खड्काले भन्नुभयो ।
बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले केही व्यक्तिलाई ल्याएर छानबिन भइरहेको बताउनुभयो । ‘अहिले नै नक्कली लाइसेन्स बनाइदिने भनिहाल्ने अवस्था छैन, शंका लागेकाले केही व्यक्तिलाई ल्याएर छानबिन गर्दैछौं, प्रहरी प्रवक्ता डीएसपी खड्काले भन्नुभयो, वास्तविकता के हो पत्ता लाग्छ ।’
यातायात कार्यालयमा हुने भीड र अस्तव्यस्तका कारण सोझा मानिसहरु दलाल या नक्कली लाइसेन्स बनाइदिनेको सम्पर्कमा पुग्ने गरेको जानकारहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !