परियोजनाका उपलब्धीबारेमा छलफल

नेपालगञ्ज – प्लान इन्टरनेशलन नेपालको सहयोगमा बाँके जिल्लामा सञ्चालन गरिएका परियोजनाका उपलब्धीहरुको बारेमा छलफल भएको छ ।
बाँके जिल्लामा प्लान र प्लानका साझेदार संस्थाहरु स्याक नेपाल, बीग्रुप र बाँके युनेस्को क्लबले बाल विवाह न्यूनीकरण, चेलीबेटी बेचबिखन रोकथाम, बिपद ब्यबस्थापनलगायत शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।
प्लानद्वारा आयोजित जिल्ला परियोजना सल्लाहकारहरुको बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना संक्रमण र लकडाउनको प्रतिकूल परिस्थितिमा प्लान र त्यसका साझेदारहरुले बाँके जिल्लामा उल्लेखनीय काम गरेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धिरजंग शाहले बाँके जिल्लामा स्वास्थ्य संस्थाहरुको भनब निर्माणदेखि समग्र स्वास्थ्य अबस्थाको सुधारका लागि प्लानले निरन्तर सहयोग गर्दै आएको बताउनु भयो ।
बैठकमा डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री, कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल, शिक्षा समन्बय इकाईका प्रमुख रामसुरेश यादव, गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाहलगायत स्याक नेपाल, बीग्रुप र बाँके युनेस्को क्लबका प्रतिनिधि सहभागी थिए ।


error: यो सुविधा उपलब्ध छैन !