भूमिहीनलाई व्यवस्थित गर्न सम्झौता

नेपालगञ्ज – भूमि सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उपमहानगरपालिकाबीच भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितिमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमि सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् ।
नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ । आयोगसँग सम्झौता भएपछि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !