चेली हराउनेमा बाँके अगाडि
नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जमा एक वर्षमा वर्ष २ सय ९२ जना महिला हराएको निवेदन परेको छ ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, २ सय ९२ जनाको खोजतलासको निवेदन परेकोमा एक सय ३० जना फेला परेका छन् ।
देशमा लामो समयसम्म लकडाउन भएकाले यो वर्ष खोजतलासको निवेदन विगतमा भन्दा कम परेको थियो । गतवर्ष ८ सय ६९ वटा खोजतलासका लागि दिन पेरको थिए ।
संयोजक कोइरालाले सबैभन्दा खोजतलासको निवेदन बाँकेको रहेको जानकारी दिनुभयो । बाँकेमा ८० जना हराएको निवेदन परेको छ । बर्दियामा ३५ जना, सुर्खेतमा ४० र दाङमा २५ जना हराएको निवेदन परेको छ ।
खोजतलासको निवेदनमध्येमा बाँकेमा १२ जना, बर्दिया र दाङमा एक÷एक जना फेला परेका छन् । कोइरालाले लकडाउनको अवधिमा एक सय ३१ जना हराएको निवेदन परेको जानकारी दिनुभयो ।
माइती नेपाल, नेपालगञ्जले वर्षेनी ३१ डिसेम्बरको दिन पत्रकार सम्मेलन गरेर वर्षभरीको तथ्यांक सार्वजनिक गर्ने गर्दछ । कोइरालाले अझै पनि उद्धारमा संयन्त्र नहुँदा समस्या हुने गरेको बताउनुभयो । माइती नेपालले नाकामा बसेर जोखिमपूर्ण यात्रामा जाने महिलालाई फिर्ता पठाउने गर्दछ । उद्धार गरिएकालाई पारिवारिक पुनर्मिलन र घरमा बस्न नसक्ने अवस्था भएकालाई रोेजगारमूलक तालिम दिएर आत्मनिर्भर बनाउने गरेको छ ।