वडा कार्यालयको शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाललगायतले बुधबार भूमिपुजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । उहाँले उपमहानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
वडा अध्यक्ष हमालका अनुसार, भवन निर्माणका लागि वडाले ५० लाख रुपैया बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । वडा कार्यालयसँगै बर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन निर्माणको अन्तिमचरणमा रहेको छ । भवनका लागि संघीय सरकारलगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !