५ मिनेटको फरकमा दुईको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, अस्पतालमा गएराती ५ मिनेटको फरकमा बाँके र बर्दियाका एक÷एक जनाको मृत्यु भएको छ ।
बाँके कोहलपुर नगरपालिका वडा नं. २ का ७३ वर्षीय पुरुषको राती १०.२० बजे मृत्यु भएको छ । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेजमा लगिएका ७३ वर्षीय पुरुषलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । कोहलपुरमै उपचार गराइरहेका बृद्धलाई १४ गते राती भेरीमा ल्याइएको थियो । भेरीमै उनको मृत्यु भयो ।
त्यस्तै, बर्दिया ठाकुरबाबा– का ८५ वर्षीया महिलाको राती १०.२५ बजे मृत्यु भएको छ । पुस १२ गते भेरीमा उपचारका ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो ।
बाँकेमा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ७७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !