ब्यबसायिक यौन शोषणबिरुद्ध विद्यार्थीलाई सचेतना

बर्दिया – माइती नेपाल, बर्दियाले जिल्लाका पाँच वटा विद्यालयमा ब्यबसायिक यौन शोषणबिरुद्ध सचेतना कार्यक्रम गरेको छ ।
८, ९, १०, ११ र १२ का छात्रालाई बालबालिका माथी हुने ब्यबसायिक यौन शोषणविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले जानकारी दिनुभयो । अभिमुखीकरणमा शिक्षकहरुको समेत उपस्थिति थियो ।
सचेतना कार्यक्रममा बसेका विद्यार्थीले सचेत रहन प्रेरणा मिलेको बताएका छन् । शिक्षकहरुले यस्ता कार्यक्रम विद्यार्थीलाई अपरिहार्य भएको बताए ।
महाकवि देबकोटा, मावि गुलरिया, बंगलामुखी राधाकृष्ण थारु मावि, गुलरिया, कोटही मावि, गुलरिया, सरस्वती मावि, बढैयाताल र शारदा मावि, बढैयातालमा सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । सहभागीलाई उक्त बिषयसँग सम्बन्धित भिडियो समेत देखाइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !