शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट
देउखुरी (दाङ) – दाङको लमहीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने भएको हो ।
प्रतियोगितामा एपीएफसहित ७ प्रदेश गरी ८ वटा टिमले भाग लिने छन् । क्रिकेट प्रतियोगिताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । ‘प्रतियोगिताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल सुरु हुने छ’ थापाले भन्नुभयो, ‘पुस १९ गते सम्म प्रतियोगिता चल्ने छ ।’
प्रतियोगिताको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
यस्तो छ खेलतालिका
आठ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । ‘ए’ समूहमा एपीएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।
‘वि’ समूहमा सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छन् । दैनिक दुई वटा प्रतियोगिता हुनेछन् ।
लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजेबाट एपीएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल एपीएफ र प्रदेश नं. २ का विचमा हुने छ । १३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपीएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुनेछ ।
१४ गते सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का विचमा खेल हुनेछ । १५ गते सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । १६ गते विहानको खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ को विचमा खेल हुने छ ।
पुस १७ गते सेमिफाइनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्ने छन् ।