७० बेडको कोरोना वार्ड सञ्चालनमा

नेपालगञ्ज – कोरोना बिरामीको लागि यस क्षेत्रकै रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पताल, नेपालगञ्जमा ७० बेडको थप कोरोना वार्ड सञ्चालनमा ल्याइएको छ ।
जिल्ला समन्वय समिति र स्थानीय तहको एक करोड सहयोगमा भेरीमा कोरोना वार्ड बनाइएको हो । भेरीमा ७२ बेडको वार्ड सञ्चालनमै छ । नयाँ थपसँगै कम्तीमा एक सय ४० बेडको कोरोना वार्ड तयार भएको छ ।


जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्जका उपमेयर उमा थापा, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुरा गाउँपालिकका अध्यक्ष किस्मतकुमार कक्षपति, राप्तीसोनारीका लाहुराम थारु, बैजनाथका मानबहादुर रुचाल, डुडुवाका नरेन्द्र चौधरी, जानकीका उपाध्यक्ष भूमिसरा धिताल, कांग्रेस बाँकेका सभापति किरण कोइराला, विजय गुप्ता, अस्पतालका मेसु डा. प्रकाश थापालगायतको उपस्थितिमा वार्डको उद्घाटन गरिएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जिल्ला समन्वयले ७५ लाख र अरु गाउँपालिकाको २५ लाख सहयोगमा ७० बेडको कोरोना वार्ड तयार भएपछि अब भेरीमा कोराना बिरामीलाई बेड छैन भनेर फर्काउन नपर्ने बताएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !