भेरीमा ७० बेडको कोरोना वार्ड तयार

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ७० बेडको कोरोना वार्ड स्थापना गरिएको छ ।
जिल्ला समन्वय समिति र स्थानीय तहको एक करोड सहयोगमा भेरीमा कोरोना वार्ड बनाइएको हो ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालका अनुसार, जिल्ला समन्वयले ७५ लाख र अरु गाउँपालिकाको २५ लाख सहयोगमा ७० बेडको कोरोना वार्ड तयार गरिएको हो ।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले ७० बेड रहेको वार्डमा ९० बेडसम्म पु¥याउन सकिने जानकारी दिनुभयो । भेरीमा यसअघि नै ७२ बेडको कोरोना वार्ड बनाइएको थियो ।
यस क्षेत्रको रिफरल अस्पतालको रुपमा भेरीमा कम्तीमा एक सय ४० बेडको कोरोना वार्ड भएको छ ।
नयाँ वार्डको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले उद्घाटन गर्दै हुनुहुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !