बिउसहित समातिए लोध

नेपालगञ्ज – बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको बिउसहित एकजनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार, भारतबाट ल्याउने गरेको काक्राको बिउ ९ सय ८६ पत्ता, लौकाको बिउ ६ सय ७३ पत्ता र फर्सीको बिउ ९१ पत्तासहित मिथलेस लोध पक्राउ परेका हुन् । जानकी गाउँपालिका वडा नं. १ बस्ने लोधलाई प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरकेो थियो ।
बरामद गरेको बिउको मूल्य एक लाख एक हजार सात सय पचास रुपैया रहेको प्रहरीको भनाई रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !