कोरोनाबाट बर्दियाका ५८ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दियाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका अनुसार, गुलरिया नगरपालिका वडा नं. ८, लक्ष्मणटोलका ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि पुस ६ गते भेरी अस्पतालमा ल्याइएको थियो । पुस ७ गते स्वाव परीक्षण गरिएकी महिलाको भोलीपल्ट पोजिटिभ रिपोर्ट आएको थियो । उपचारको क्रममा महिलाको आज दिउँसो १२.५० बजे मृत्यु भएको छ ।
कोरोनाबाट बर्दियामा १८ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !